
लगातार वर्षातले सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो।

घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उनले जानकारी दिए। छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरेका छन्।
जिल्लामा अहिले पनि वर्षात भइरहेको छ। वर्षाका कारण यहाँका विभिन्न ठाउँमा पहिरा आउँदा सडक समेत अवरुद्ध भएका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/11, 10:25
2022/02/02, 1:11
2022/09/15, 2:02
2024/01/25, 11:11
2020/08/13, 8:43