डडेल्धुरा परशुराम नगरपालिका ८ निवासी २६ वर्षीया अस्मिता देवी धामीको पोष्टमार्टम रिपोर्टका अनुसार हत्या भएको पुष्टि भएको छ। पोष्टमार्टम गर्दा मृत्युको अन्य कारण थाह हुन नसेको र उनको मुखमा गंभिर चोट लागेको भेट्टिएको पोष्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्।‘चिउडोको भाग, नाकको भागमा गंभिर चोट लागेर पुरै भाँचिएको थियो’ उनले भने। मुखको भाग जोडले भुईमा बजारिएर वा ग्रहुँगो वस्तुको प्रहार भएर उक्त चोट लागेको हुन सक्ने उनी बताउछन्।
बिस्तृत अध्ययनका लागी भेजाईनल स्वाव, भिसेरा लगायतका नमुना काठमाडाैँ पठाइएको छ। बलात्कार भए नभएको भने पोष्टमार्टम जाँच वाट खुल्न सकेको छैन। स्थानिय जमुरानी आधारभुत स्वास्थ्य ईकाई केन्द्रमा कार्यालय सहयोगीको रुपमा कार्यरत अस्मिता स्वास्थ्य ईकाई केन्द्रमा वाँचेका कोराना बिरुद्धको खोप जोगबुढा अस्पतालमा फिर्ता बुझाउन जाने क्रममा असार २ गते सम्पर्क बिहिन भएकि थिइन् ।
सम्पर्क बिहिन भएकी अस्मिताको शनिवार वडा नं ९ हट्वानी सामुदायिक वनमा जोगबुढा जाने वाटो भन्दा करिब ६०/७० मिटरको दुरीमा बुट्याङ भएको ठाउँमा मृत अवस्थामा फेला परेकी थिइन्। गंभिर चोट लागेकोले मुखमा किरा परेको बिभत्स अवस्थामा उनको शव फेला परेको थियो।
सोमवार पोष्टमार्टम भएर मंगलवार उनको दाहासंस्कार गरिएको थियो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता प्रहरी उपरिक्षक योगेन्द्र सिंह थापाले हत्या भएको आशंकामा नै प्रहरीले अनुसन्धान थालेको बताएका छन्।
आर्थिक रुपमा विपन्न परिवारकी आनीवानी राम्रो र सोझोपन स्वभाव भएकि अस्मिताको हत्यारालाई पत्ता लगाएर कारवाही हुनुपर्ने माग राख्दै स्थानियले सोमवार प्रदर्शन समेत गरेका थिए। स्थानियले परशुराम नगरपालिका घेराउ गरेका थिए। स्वास्थ्य ईकाई केन्द्र कार्यालयवाट करिव ३, ४ किलोमिटर दुरीमा रहेको हत्वानी डाडा भन्ने स्थानमा गोरेटो वाटो नजिकै एउटा चप्पल र फुटेको चुडिका टुक्रा फेला परेको थियो।
घटनास्थलमा छरपस्ट समान र उनको बिभत्सरुपमा हत्या गरेको शवको अवस्था हेर्दा बलात्कार गर्न नै हत्या गरिएको वाड नं ८ का वडा अध्यक्ष गोविन्द सिंह वोहराले बताएका छन्। प्रहरीले अहिले सम्म हत्यारा पत्ता लगाउन सकेको छैन। अस्मिताको हत्यारालाई कारवाहीको माग गर्न सुदूरपश्चिम प्रदेश शभा बैठकमा पनि सासंदले अवाज उठाएका छन्।
डडेल्धुरा प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालको नेतृत्वको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ। भने यसैगरि संघिय ईकाई प्रहरी कार्यालयवाट पनि प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहीको नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालयवाट प्रहरी नायव निरिक्षक पदम थापाको नेतृत्वमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह (आर आई टी) को टोली पनि अनुसन्धानका लागी खटाईएको छ।