
कैलालीमा सम्पुर्ण पसलहरु भोलीदेखि बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईने कैलाली प्रशासनले जनाएको छ । सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले जिल्लामा लक डाउन खुकुलो गरेको हो ।

यस अघि दिउँसो ३ बजेसम्म मात्रै बजारहरु खुल्दै आएका थिए । रेष्टुरेण्ट,जीमखाना, फिल्ममाथि लगाएको रोक यथावत छ । तर रेष्टुरेण्टले टेक अवे सुबिधा भने दिन पाउने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।
वर्कशप कम्तीका ३ जना कर्मचारी राखेर बिहान ६ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गर्न प्रशासनले अनुमति दिएको छ। सो अवधिमा सम्पुर्णले सुरक्षा मापदण्डको पालना गर्न समेत आग्रह गरिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/07, 1:48
2023/04/27, 11:54