
कैलालीको टीकापुर नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकाको वडा नम्बर १ वनगाउँका स्थानीयले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन ।

उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन । नगरपालिकाको हालको वडा नं. १ को वडा बिभाजनमा अन्याय भएको भन्दै स्थानीयले तालाबन्दी गरेको बताएका छन् ।
नगरपालिकाले भने राजनीतिक दलको सहमति भन्दै वडा नं. १ लाई ५ वडामा विभाजन गर्ने तयारी थालेको छ । वनगाउँमा थारु समुदायको बसोबास रहेको छ । उनीहरुले नगरपालिकाले आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र अनुसार वडा विभाजनको काम अघि बढाउको आरोप लगाएका छन । टीकापुर नगरपालिकामा हाल ९ वटा वडा छन ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 12:27
2020/12/05, 12:31
2024/05/11, 3:19
2021/08/08, 2:15