नेता महरद्वारा डडेल्धुरा अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
2021/06/30, 5:41
 
aa

नेपाली कांग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले डडेल्धुरा अस्पताललाई २० लाख बराबरको अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

बुधबार नेता महरले अस्पताल समितीका अध्यक्ष करुणाकर अवस्थीलाई अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला मुख्य केन्द्र रहेको डडेल्धुरा अस्पताललाई दोस्रो लहरको कोरोना महामारीमा अस्पतालमा उपचारमा सहज होस भनेर मानवताको रुपमा आफ्नो सम्पर्कमा रहेका संघसंस्था, ब्यक्तिहरुको सहयोगमा अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामाग्री सहयोग गरिएको नेता महरले बताए ।

अझै कोभिड नयाँ प्रकारका भेरियन्ट फैलिरहेको हुँदा कोभिड भ्याक्सिन नेपाली जनतामा तत्कालै पुग्ने अवस्था नपुग्ने भएकोले स्वास्थ्य सामाग्रीको आवश्यक रहेको बताए । हस्तान्तरण कार्यक्रममा गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल बहादुर मल्ल, नेपाली काङ्ग्रेस डडेल्धुरा नेता कार्यकर्ता सहभागी रहेका थिए ।