डोटीमा कोरोना महामारीबाट प्रभावित १४७ परिवारलाई खाद्यान्न वितरण 
2021/07/01, 8:49
 
corona

डोटीमा कोरोना महामारीबाट प्रभावित १४७ परिवारलाई खाद्यान्न वितरण  गरिएको छ । सायल गाउँपालिका वडा नम्बर ४, ५, ६   पुर्वीचौकी गाँउपालिका वडा नम्बर १, २ र ३ तथा दिपायल सिलगढी नगरपालिको वडा नम्वर २ र ९ का एक सय ४७ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको  हो ।

समान पहुँच बिकास केन्द्र, सिड डोटी तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित वाल स्पोन्सरसीप परियोजना अन्तर्गत खाद्य सामग्री वितरण गरिएको समान पहुँच बिकास केन्द्र सीड डोटीका परियोजना संयोजक करन बानियाँले जानकारी दिए । 

आर्थिक अवस्था कमजोर भएका, दैनिक ज्याला मजदुरी गरी खाने परीवार, एकल महिला, अपाङ्घता भएका महिला तथा बालबालिका, जोखिममा परेका बालबालिका, परियोजनामा दर्ता गरेका बालबालिका तथा गर्भवती तथा स्तनपान गराईरहेकी महिलालाई छनोट गरेर खाद्य सामाग्री वितरण गरिएको दिपायल सिलगडी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए  ।

खाद्यान्न अन्तर्गत  प्रति परिवार ३० केजी चामल, ३ केजी दाल, दुई  लिटर तेल, २ किलो नुन, २ किलो चिनी र साबुन गरी ४ लाख ७४ हजार ६ सय ५२ रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको परियोजना संयोजक बानियाँले जानकारी दिए  ।