संसदीय चुनावका लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न अर्थ मन्त्रालयको सहमति
2021/07/02, 4:07
अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।
निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।
२०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरण गरी सरकारले दुई चरणमा चुनाव गर्ने घोषणा गरेको छ । सो निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिइने अर्थ मन्त्रालयले जनाएको छ ।
चुनावका विरुद्धमा परेको रिटमा भने अहिले सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।
2024/05/01, 5:08
2024/05/01, 5:06
2024/05/01, 12:39
2024/05/01, 12:37
2024/05/01, 12:33
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/02/14, 11:16
2021/09/15, 11:46
2023/12/07, 10:46