
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ चन्कट्टेको खेतमा बुट्टे ढुङ्गा भेटिएपछि स्थानीयले पूजा गर्न थालेका छन्।

खेतमा आकर्षक बुट्टेदार ढुङ्गा भेटिएपछि जनप्रतिनिधिले नै पूजा गरेका हुन्। गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भने, “खेतमा तट्बन्धनको काम हुँदै थियो। डोजरले खन्ने बेला ढुङ्गा भेटियो। म एक कार्यक्रममा जाँदै थिए। पूजा पनि गरे।”
खोलामा तटबन्ध बनाउन मेसिन लगाएर ढुङ्गा निकाल्ने क्रममा प्राचीन बुट्टेदार ढुङ्गा फेला परेको उनले बताए। गोलो आकारको ढुङ्गामा चारैतिर आकर्षक बुट्टा रहेका छन्। उक्त ढुङ्गा ऐतिहासिक, धार्मिक र पुरातात्विक हुनसक्ने ओझाले बताए।

स्थानीयले सुरक्षित स्थानमा राखेर पूजाआजा गर्न थालेका हुन्। सो ढुङ्गा हेर्न र पूजापाठ गर्न स्थानीयहरुको भीड लाग्न थालेको छ।
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52