
डोटीमा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको असार ३१ गतेसम्मका लागि थप गरिएको छ। कोरोनाको संक्रमण कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताईएको छ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले बताए।
