सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पुर्णा जोशीले कञ्चनपुर जिल्ला कारागारको अनुगमन गरेकी छन् । सुदूरका ९ वटै जिल्ला कारागारको अनुगमन तथा निरिक्षण गर्ने योजना अन्तर्गत मन्त्री जोशीले सोमबार कञ्चनपुर जिल्ला कारागारको अनुगमन गरेकी हुन ।
अनुगमनको क्रममा उनले कारागारको भौतिक सुधारका लागि प्रदेश सरकारले काम गर्ने बताएकी छन् । कञ्चनपुर जिल्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी रहेको भेटिएको मन्त्री जोशीले जानकारी दिइन् । भौतिक संरचना जीर्ण, कैदीबन्दी क्षमताभन्दा बढी, खाना बस्नको व्यवस्था समेत राम्रो नभेटिएको बताउँदै मन्त्री जोशीले प्रदेश सरकारले यसको व्यवस्था गर्ने बताएकी छन ।मन्त्री जोशीले कारागार भित्र रहेका सबै समस्याको समाधानको लागी पहल गर्ने बताइन् । यस्तै उनले कैदीबन्दीलाई सिपमुलक तालिम प्रदान गरी आयआर्जनमा समेत लगाउने आश्वासन दिइन् । प्रदेशका कारागारहरुको पूर्वाधारलाई व्यवस्थित बनाउने र कैदीबन्दीलाई उत्पादनमुलक काममा सहभागी गराउने योजना सहित आफुले कारागारको अनुगमन गर्ने गरेको मन्त्री जोशीले उल्लेख गरिन् ।
यसअघि मन्त्री जोशीले कैलाली जिल्ला कारागारको पनि अनुगमन तथा निरिक्षण गरेको थिइन् ।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/14, 8:37
2021/12/09, 6:44
2020/06/17, 7:32
2020/10/20, 6:43
2022/08/23, 2:40