
कैलालीमा सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाइ निरन्तरता दिइएकोमा जोरबिजोर हटाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार जिल्लाभित्र स्वास्थ्य मापदण्ड पालना गर्दै सिट क्षमताअनुसार यात्रु राखेर सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने छ।
अन्य जिल्ला जान र अन्य जिल्लाबाट कैलाली आउनका लागि भने जिल्ला प्रशासन कार्यालयको स्वीकृती लिनुपर्ने प्रमुख जिल्ला अधिकारी रिजालले बताए। जोरबिजोर प्रणाली हटेसगै अब बुधबार (भोली) देखि सबै सवारी साधन चल्ने भएका हुन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35