
बैतडीमा प्रहरीले एकनाले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका -१ सकारका ३८ वर्षीय लक्ष्मण भट्टराई र ३६ वर्षीय नारदप्रसाद भट्टराई रहेका छन्। उनीहरुलाई बिहीबार बराइल रौटे जंगलबाट फर्किरहेको अवस्थामा बन्दुकसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भईरहेको र हातहातियार तथा खरखजना ऐन अनुसार कारबाही हुने प्रहरी निरीक्षक राजेश शाहीले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 6:10
2020/09/07, 8:39
2021/05/24, 6:57
2022/01/03, 10:34
2023/01/18, 12:49