धनगढीमा डेढ करोडको लगानीमा आजदेखि सञ्चालनमा आयो ‘चिकेन स्टेशन’
2021/07/11, 10:39
 
dd

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चिकेन स्टेशन सञ्चालनमा आएको छ । झण्डै डेढ करोडको लगानीमा धनगढीमा चिकेन स्टेशन सञ्चालनमा र्आको हो । जिवन बिमा क्षेत्रमा लामो समयदेखि कार्यरत तथा सामाजिक कार्यमा सक्रिय युवा मदन भट्टले चिकेन स्टेशन सञ्चालनमा ल्याएका हुन् । सुदूरपश्चिममै पहिलोपटक ‘फ्रेञ्चाइज आइटम’ पस्किने गरी चिकेन स्टेशन खोलेको सञ्चालक भट्टले जानकारी दिए ।

मुख्यतः काठमाडौँबाट सञ्चालित चिकेन स्टेशन सुदूरपश्चिममा विस्तार गर्ने लक्ष्यका साथ धनगढीमा शाखा विस्तार गरिएको उनले बताए । चिकेन स्टेशनमा चाइनिज, इन्डियन, तन्दुर, मुगल सहित भेज परिकार पाइने भट्टले बताए । होम डेलिभरीको सुविधा समेत रहनेछ । चिकेन स्टेशनका नेपालमा ४० शाखा छन ।

सुदुरपश्चिमको धनगढीपछि अत्तरिया महेन्द्रनगर र डडेल्धुरामा पनि शाखा विस्तारको योजना रहेको सञ्चालक भट्टले बताए । उनका अनुसार चिकेन स्टेशनमान विभिन्न ९० परिकारका कुखुराका परिकारहरु पाईनेछन् । विभिन्न पारिवारिक सुविधा सहितको चिेकन स्टेशनमा पार्टी तथा सेमिनार हल, छुट्टै क्याविन लगायतको सुविधाका साथै फोटो खिच्ने व्यवस्था समेत रहेको छ । 

यसैबीच चिकेन स्टेशनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कैलालीका व्यवसायी गोपाल हमालले चिकेन स्टेशनको उद्घाटन गरे । औपचारिक उद्घाटन भएसँगै आजदेखि चिकेन स्टेशन सर्वसाधारण सबै ग्राहकहरुका लागि खुल्ला गरिएको छ ।