
टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को निर्माणाधिन भवनमा आगजनी भएको छ । सो निर्माणाधिन भवन हाल बिओपी रहेको स्थानबाट करिव एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै रहेको छ । सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भैरहेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बेला अचानक आगजनी भएको छ ।

आज बिहान साढे दश बजेको समयमा निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको कामदारले बताएका छन । उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बताएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए । उनले आगो नियन्त्रणको प्रयास भैरहेकाले त्यसतर्फ सोधपुछ हुन बाँकी रहेको बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39