
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९४ नमूनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमितको आईसीयूमा र ८ जना संक्रमितको अक्सिजन सर्पोटरमा उपचार भईरहेको छ ।
यस्तै ७ जनाको अवस्था सामान्य रहेको छ । पछिल्लो २४ घण्टामा थप २ बिरामी अस्पतालमा भर्ना भएका छन् भने २ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39