सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, महाकाली र कर्णाली नदीमा बहाव बढ्ने
2021/07/17, 10:19
 
corona

अबको तीन दिन मनसुन थप सक्रिय हुने देखिएको छ। भारतमा बनेको न्यूनचापीय रेखा पूर्वबाट प्रवेश गरेर देशभर फैलिएकाले आजदेखि ५ गतेसम्म मनसुन थप सक्रिय हुने देखिएको हो।

मौसमविद् मञ्जु बासीका अनुसार यो अवधिमा केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ । आज विशेषगरी सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। अरु ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। भोलि सुदूरपश्चिमका थोरै ठाउँमा ठूलो पानी पर्ने र पर्सि पनि प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना छ।

सैबीच आजदेखि तीन दिनसम्म केही नदी तथा खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाकाली, कर्णाली लगायतका नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।