
कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।

वेदकोट नगरपालिका-४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए ।

उनकाअनुसार अहिले घटनास्थल सिल गरेर अनुसन्धानको काम भइरहेको छ । प्रहरीले नाथको मृत्युको कारणबारे अहिले नै केही भन्न नसकिने जनाएको छ तर स्थानीयले भने उनको हत्या भएको आशंका गरेका छन् ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39