महाकाली र कर्णाली नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आग्रह
2021/07/19, 9:44
 
dd

मनसुन सक्रिय हुँदा वर्षाका कारण खोला, खहरे, नाला तथा नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ । आज पनि देशका विभिन्न क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

विभागका अनुसार आज महाकाली, कर्णाली, नारायणी, कोशी नदीमा पानीको वहाब बढ्ने छ । सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशीलगायत तिनाउ, बबई जलाधारका सहायक नदीहरुमा बहाव पनि पानीको मात्रा बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

विभागले तटीय क्षेत्रहरू तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।  यस्तै विभागले हाल सप्तरीको बर्मजिया र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षामापन भएकाले माउली खोलालगायत अन्य साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै दिउँसोसम्मै सतर्क रहन अनुरोध गरेको छ ।