दार्चुलाको मकरीगाड हाइड्रोपावरमा कार्यरत ओभरसियरको ढुंगा लागेर मृत्यु
2021/07/22, 9:40

दार्चुलाको अपिहिमाल गाउँपालिका ५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ओभरसियर गणेशसिह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए । निर्माणको काम चलिरहेको बेला ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 7:08
2021/04/14, 9:55
2021/10/27, 11:05
2023/02/05, 11:57
2025/01/27, 5:39