
पहिरो जाँदा सुदुरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग अवरुद्ध बनेको छ।

राजमार्ग अन्तर्गत डडेल्धुराको गैरामा पहिरो गएको हो। जिल्लाको आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले बताएको छ।
पहिरो पन्छाउनका लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। राजमार्ग अवरुद्ध बनेपछी सयौँको संख्यामा गाडी रोकिएका यात्रुहरुले बताएका छन् ।

राजमार्ग अवरुद्ध भएपछि तराईवाट पहाडी जिल्लामा गैरहेका र पहाडवाट तराई आइरहेका त्रुहरु अलपत्र परेका छन् । अहिले पहिरो हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/06, 11:37
2022/06/03, 12:03
2023/08/18, 2:41