निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
2021/07/25, 8:51
 
Co

कञ्चनपुरकी १३ बर्सिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ३ वर्ष पुरा भएको छ ।

देश भित्र मात्र नभई विदेशमा समेत निर्मला प्रकरणले चर्चा बटुल्यो । दोषी पत्ता लगाउन भन्दै धेरै अनुसन्धान भए । तर तीन वर्ष सम्म निर्मला हत्या प्रकरणमा संलग्न अपराधी कानुनको कठघरामा आएका छैनन् ।

आज प्रधानमन्त्री शेर बहादुर देउवाले निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर घटनाबारे अहिलेसम्म भएको अनुसन्धानको जानकारी लिएका छन् ।

उनले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएको बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन जनाको भेटघाटको तस्बिर राख्दै देउवाले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् ।

उता निर्मलाकी आमा दुर्गा पन्तले पनि देउवा सरकारमा आएपछि दोषी पत्ता लाग्ने आस गरेकी छिन् ।