
बाजुरामा चामल अभाव भएको छ। जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कोल्टि शाखामा चामल अभाव भएको हो।

चामल कम भएपछि एक जनालाई १० केजी चामल मात्र विक्री गर्ने गरेको कोल्टि शाखाले जनाएको छ। शाखामा अहिले ३ सय क्विन्टल चामल मात्र मौज्दात रहेको बताइएको छ। सो शाखालाई जिल्ला प्रशासन कार्यलय बाजुराले नागरिकताको आधारमा प्रतिव्यक्ति १० केजी मात्र चामल विक्री गर्न निर्देशन दिएको छ।
आर्थिक वर्ष ०७७/०७८ मा कोल्टि शाखाका लागि १० हजार क्विन्टल चामल स्वीकृत भएकोमा ८ हजार क्विन्टल मात्र आएको थियो। बाँकी २ हजार क्विन्टल चामल सुर्खेतबाट आउनुपर्नेमा नआएको जनाइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखाका अनुसार चालु आर्थिक वर्ष ०७८/ ०७९ मा ५ हजार क्विन्टल चामल स्वीकृत भएको छ, तर ढुवानीको प्रक्रिया नै अगाडि छैन।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32