दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत शुरु गरेको छ। दैनिक छ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।
नगर प्रवक्ता सिजालीले भने, “पुल मर्मत शुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ।” बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ।
आगामी दुई÷तीन दिनमा काम सकिने लक्ष्य रहेको उनले बताए।
2025/01/19, 6:09
2025/01/19, 6:06
2025/01/19, 6:04
2025/01/19, 6:01
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/30, 12:06
2020/08/30, 6:00