
बाजुरामा पहिरो जाँदा बूढीगङ्गा नदी थुनिएको छ। गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको हो। नदी थुनिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय अछामले अनुरोध गरेको छ।

पहिरोले थुनिएको नदी फुटेर बग्नासाथ तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले बूढीगङ्गा नदी छेउ छाउका बस्तीहरूमा सतर्कता अपनाउन अछाम प्रशासनले अनुरोध गरेको हो।
प्रशासनले उक्त विषयमा विभिन्न निकायहरूसँग नियमित समन्वय तथा प्रत्यक्ष सम्पर्क भइरहेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले कुनै पनि स्थानमा कुनै समस्या देखिएमा तत्काल प्रशासन कार्यालय र प्रहरीमा खबर गर्न आग्रह गरेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32