
जिल्ला अस्पताल दार्चुलामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्।

अस्पतालमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका हुन्। अस्पतालका अनुसार पछिल्लो समय भाइरल ज्वरोको उपचारका लागि दैनिक ८० जनाभन्दा बढी बिरामी अस्पतालमा आउन थालेका छन्। बिरामीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखापर्ने गरेको बताइएको छ।
मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेका हुँदा झोलीलो पदार्थ बढी खान, प्रशस्त पानी पिउन, खानपिन र सरसफाइलगायतमा विशेष ध्यान दिन चिकित्सकले सुझाएका छन्।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44