कञ्चनपुरको वेदकोट नगरपालिकाले अव्यवस्थित बसोबासीको जग्गा नापी सुरु गर्दै
2021/07/31, 10:25

कञ्चनपुरको वेदकोट नगरपालिकाले अव्यवस्थित बसोबासीको जग्गा नापी कार्य यही साउन २० गतेबाट सुरु गर्ने भएको छ।

नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो। जग्गा नापी कार्य नगरपालिकाको वडा नम्बर १ बाट सुरु गरिने भएको छ। साउन २२ गतेदेखि पाँच वटा वडामा जग्गा नापीका लागि पाँच वटा नापी टोली पठाउने नगर प्रमुख अशोक चन्दले बताए।
त्यस्तै साउन मसान्तसम्म नगरपालिकाका १० वटै वडामा १० वटा नापी टोली पठाई आउँदो कार्तिक महिनासम्ममा जग्गा नापजाँच गरिसक्ने निर्णय भएको उनले बताए।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44