
दार्चुलामा भारतीय एसएसबीले तुइन तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामी अझै भेटिएका छैनन्।

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए।
धामी महाकालीमा बेपत्ता भएपछि उनको गाउँ शोकमग्न बनेको छ। गाउँका एक दर्जनजति युवाहरू महाकालीको किनारैकिनार जयसिंहको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव निकै बढेको छ।

पानी पनि परिरहेकोले खाजी कार्यमा समस्या आएको स्थानीयले बताएका छन्। घरमा जयसिंहकी श्रीमती र आमा बेहोस् अवस्थामा छिन्। जयसिंहका पाँच वर्षीय छोरा र अर्की डेढ वर्षकी छोरी छिन्।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/07/30, 7:04
2020/12/26, 3:37
2023/01/26, 5:44