कञ्चनपुर भन्सारले २ वर्षपछि लक्ष्यअनुरुप राजस्व संकलन गर्‍यो
2021/08/01, 1:21
 
dd

लगातार दुई वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको कञ्चनपुर भन्सार कार्यालयले तेस्रो वर्ष लक्ष्य पूरा गरेको छ । विगतका वर्षभन्दा कम लक्ष्य तोकिएपछि पूरा गर्न सकिएको हो ।गत आर्थिक वर्ष २०७७र७८ मा ३५ करोड ६७ लाख लक्ष्य पाएको कञ्चनपुर भन्सार कार्यालयले ३७ करोड ३९ लाख संकलन गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्यअनुसार राजस्व संकलन गरेको भन्सार कार्यालयले २ वर्षपछि गत आर्थिक वर्षमा लक्ष्य पूरा गरेको हो । २०७४-७५ मा लक्ष्यको शतप्रतिशत ३२ करोड ५३ लाख राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको असोजमा सबैभन्दा बढी ४ करोड राजस्व संकलन भएको छ भने सबैभन्दा कम जेठमा १ करोड ५० लाख मात्रै राजस्व संकलन भएको छ ।

वैशाख र जेठमा निषेधाज्ञाका कारण भारतबाट हुने आयात लगभग ठप्प नै रहेको कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले बतए । तरकारी र फलफूल मात्र आयात भएकोले पनि राजस्व पनि कम संकलन भएको बताए । विगतका वर्षमा लक्ष्य नै बढी तोकिएका कारण त्यसअनुसार संकलन हुन नसकेको जनाएको छ ।  अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड ६८ लाखको लक्ष्य पाएको भन्सार कार्यालयले ५४ प्रतिशत ९२६ करोड २८ लाख० मात्रै संकलन गर्न सकेको थियो । आर्थिक वर्ष २०७५/७६ मा पनि ४० करोड १२ लाख लक्ष्य पाएकोमा ३६ करोड ६७ लाख मात्रै संकलन भएको थियो । निश्चित समयका लागि मात्रै खुल्ने सीमा क्षेत्रको शारदा ब्यारेजको बनबासा पुलका कारण यो नाकाबाट ठूला किसिमका मालवाहक साधनहरू ल्याउन नसकिएको जनाएको छ । 

साइकल र मोटरसाइकलमा तथा साना किसिमका ढुवानीका साधनबाट मात्रै मालसामान आयात हुने गरेको छ । कोरोना संक्रमणका कारण गत वर्षदेखि नाकामा आवागमन सहज हुन सकेको छैन । साइकल र मोटरसाइकल लगायतका साधनहरू आउजाउ गर्न दिइएको छैन । यस कारण पनि राजस्व संकलन कम भएको हो । चालु आर्थिक वर्षमा ४२ करोड ६७ लाख लक्ष्य तोकिएको भन्सार अधिकृत जोशीले बताए ।