दार्चुलामा भारतीय एसएसबीले गरे नेपाली महिलाको उद्धार
2021/08/03, 12:36
 
darchula

 भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले बिरामी भएकी दार्चुलाकी नेपाली महिलालाई अस्पताल पुर्‍याएर सहयोग गरेको छ ।

बिरामी महिलालाई सीमा पार गर्नका लागि एसएसबीले चार नेपाली नागरिकहरुलाई पनि ती महिलासहित नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।

नेपालतर्फ एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको कारण नेपालीहरुको आवतजावतमा समस्या परेको छ।

आइतबार गार्लिक निर्माण सेवा कम्पनी (नेपाल)का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरु काम गरिहेका थिए । सोही समय दार्चुला नौगाड गाउँपालिका वडा नं १ बस्ने रमेश ठेकरेकी २० वर्षीया श्रीमती मजदुर संगीता ठेकरेको पेटमा अचानक पीडा सुरु भएको थियो । त्यसपछि संगीतालाई अस्पताल लैजान एकदम जरुरी भएको थियो । तर नेपालतर्फको बाटो खराब भएको कारणले संगीतलाई अस्पताल पुर्‍ याउन सम्भाव थिएन ।

उपचारको लागि भारतको धारचुला सीतापुलको बाटो हुँदै मजदुर बिरामी संगीतालाई अस्पताल लैजानबाहेक कुनै विकल्प थिएन । तर बिरामी संगीतासँग यसको लागि कुनै अनुमति थिएन । आपत स्वास्थ्यकी एसएसबी कमान्डरलाई यसको जानकारी हुनसाथ बिरामी संगीतासहित ५ जनालाई अनुमति दिइएको थियो ।

परिस्थितीको आकलन गर्दै उनीहरुलाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराइएको थियो । बीरामी महिलाको हालत गम्भीर भएकोले एसएसबीका जवानहरुले तुरुन्त संगीतालाई आफ्नै वाहनमा चढाइ छियालेखसम्म पुर्‍याएका थिए । त्यसको साथसाथै भारतीय सेनाको एमआई कक्षमा संगीताको प्राथमिक उपचार गरी बुँदीतर्फ पठाइएको थियो ।

गत शुक्रबार दार्चुलाका ३३ वर्षीय युवा जयवीर धामी प्रकरणपछि भारतीय एसएसबी र भारतविरोधी नारा घन्किरहेका बेला जवानहरुको उक्त कार्यलाई सकारात्मक रुपमा हेरिएको छ ।