बाढी पहिरोले ६७ जनाको मृत्यु, ४० जना वेपत्ता
2021/08/03, 3:40
 
hh

 बाढी पहिरोका कारण देशभर जेठ ३१ देखि आजसम्म ६७ जनाको मृत्यु भएको छ। यसबिच ६१९ मनसुन जन्य विपतका घटनाहरु भएका छन्। 

प्रतिनिधिसभा बैठकमा विपतका घटनाहरुको तथ्याङ्क प्रस्तुत गर्दै गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोक, डोटीसहितका ५६ जिल्लामा ६७ जनाको मृत्यु हुनुका साथै ४० जना वेपत्ता भएको जानकारी दिएका हुन्। त्यस्तै २१ जना घाइते भएको उनले जानकारी जानकारी दिए।

मन्त्री खाँणले बाढी पहिरोबाट ६९० घरमा पूर्ण क्षति भएको र १६२ वटा घरमा आंशिक क्षति पुगेको समेत बताए। त्यस्तै ३७ सरकारी भवन र १४ वटा विद्यालयमा क्षति पुगेको उनले जानकारी दिए।

यसबिच सिन्धुपाल्चोकमा ८ सहित मनाङ, चितवन, तनहुँ, मोरङ, सिराहा, मकवानपुर, नवलपरासी पूर्व, उदयपुर लगायतका जिल्लाहरुमा एक/एक पक्की पुल गरी २७ वटा मोटरेवल पक्की पुलको क्षति भएको उनले जानकारी दिए।

सिन्धुपाल्कोक लगायतका जिल्लामा सातवटा मोटरेवल काठेपुल र २७ वटा झोलुंगेपुलमा क्षति भएको छ। मेलम्ची खानेपानी आयोजनाको हेडवक्समा जाने पहुँचमार्ग र पुलहरुमा क्षति भएको र ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको उनले जानकारी दिए। २५ वटा निर्माणाधिन तथा सञ्चालित जलविद्युतहरुमा आंशिक क्षति पुगेको समेत उनले बताए ।

सिन्धुपाल्चोक जिल्लामा मात्र पाँच जनाको मृत्यु र २० जना वेपत्ता भएका छन्। त्यहाँ ४४६ घर पूर्ण क्षति पुगेको उनले जानकारी दिए। त्यस्तै ८ वटा पक्कीपुल, १५ वटा झोलुंगेपुल र ३२ वटा सरकारी भवनमा क्षति पुगेको उनले जानकारी दिए ।

त्यस्तै, बाढीपहिरोमा फसेका १२३ जनालाई उद्धार गरिएको उनले जानकारी दिए। मेलम्चीका ५२५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।

यही साउन १७ र १८ गते आएको बाढीका कारण ४५ पक्की र ६५ कच्ची घर गरि ११२ घरमा क्षति पुगेको उनले गृहमन्त्री खाँणले जानकारी दिए। त्यस्तै २ वटा पक्कीपुल एक/एक झोलुंगेपुल र बेलिब्रिजमा क्षति पुगेको उनले जानकारी दिए ।