सदनमा एमालेको प्रश्न- दार्चुला घटनामा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्नुपर्ने होइन ?
2021/08/04, 2:11
 
aa

नेकपा एमालेले महाकाली नदी तर्ने क्रममा दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा नेपाली नागरिक हराएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीसँग किन कुरा नगरेको भनेर प्रश्न गरेको छ । 

बुधवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका एमाले सांसद खीमलाल भट्टराईले दार्चुला घटना सम्बन्धमा परमादेश सरकारले खुट्टा कमाएको आरोप लगाएका हुन् । 

‘दार्चुला घटना मानवता र राष्ट्रियतासँग सरोकार राख्ने घटना हो । यस्तो विषयमा प्रधानमन्त्री समकक्षीसँग संवाद गर्नुपर्ने होइन र ? राजदूतलाई बोलाएर कारवाही गर्नुपर्ने होइन ? तुइन काट्नेलाई कारवाही गर्नुपर्ने होइन र ?,’ भट्टराईले भने, ‘परमादेश सरकार सुनसान छ, सरकारको परालको खुट्टो उदांगो भयो ।’  उनले दार्चुला घटना सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले संसद्मा दिएको जवाफ सरकारको निरीहता देखिएको टिप्पणी गरे । 

भट्टराईले सरकारले भूमि आयोग खारेज गरेर लाखौं भूमिहीनको सपनामा कुठाराघात गरेको आरोप लगाए । उनले सरकारले कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न नसकेको भन्दै आरोप लगाए ।