ब्याँस गाउँपालिका–२ मालघाट घट्नाको पारदर्शी रुपले छानविन गरिने गृह मन्त्रालयका सहसचिव एवं छानविन समितिका संयोजक जर्नादन गौतमले बताएका छन् । घट्नाबारे छानविन गर्न काठमाडौँबाट मंगलबार साँझ दार्चुला जिल्ला सदरमुकाम खलंगा पुगेको मन्त्रालयको टोलीले पत्रकारहरु संग घट्नाको विषयमा छलफल गरेको छ ।
छानविनका लागी आवश्यक सुचना तथा प्रमाण संकलन गर्न घट्ना स्थल जानु पुर्व मन्त्रालयको टोलीले जिल्ला स्थित पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरु संग छलफल गरेको हो । छलफलका क्रममा समितिका संयोजक गौतमले माल घट्नालाई नजिकबाट अनुसन्धान गरी छानविन गरिने बताए । टोलीले यसअघि बुधबार बिहान ब्याँस गाउँपालिका–२ माल घट्नाका तिन जना प्रत्यक्षदर्शीलाई घट्नाका बारेमा गहिरो रुपले सोधपुछ गरेको छ ।
उक्त घट्नाका प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घट्नाको वास्तविकता बारेमा सोधपुछ गरेको बुझिएको छ । प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनितिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिको भनाई र घट्ना संग सम्बन्धित प्रमाणहरु संकलन तथा विश्लेषण गरी घट्नाको सत्यतथ्य बाहिर ल्याउने उनले बताए ।
अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मीहरु छानविन समितिमा रहेको भन्दै उनले घट्नाको सत्यतथ्य बाहिर आउनेमा विस्वास व्यक्त गरे ।साउन १५ गते शुक्रबार विहान महाकाली नदिमा खसेर बेपत्ता भएका धामी अझै भेट्टिका छैनन् । उनको खोजी कार्य निरन्तर भइरहेको प्रहरीले जनाएको छ ।