
महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइनको लठ्ठा निकालेपछि जयसिंह धामी बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बिहीबार नेपालको सरकारी टोली घटनास्थल पुग्यो।

नेपाली टोलीसँगै भारतको सुरक्षा निकायका प्रतिनिधिहरु पनि घटनास्थलमा गएका थिए। दुबै टोली भारतपट्टी थिए। उनीहरु पारी हुदा पुग्दा वारि नेपालबाट नेपाली युवाहरुले नारा घन्काएका थिए। उनीहरुले कालापानी हाम्रै हो भन्ने नारा घन्काएका हुन्।
सीमा नदीको नेपालतर्फ उभिएका युवाले नेपाली झण्डासमेत फहराएका थिए। भारतीय भूमिमा झण्डै आधा घण्टा बिताएको नेपाली टोली भारतीय धारचुला हुँदै नेपाल फर्केको थियो। जयसिंह घटनाबारे सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयको टोली घटनास्थल पुगेको हो।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35