
कञ्चनपुर प्रहरीले भन्सार छली गरेर ल्याएको १५ क्वीन्टल चिनीसहित जिप नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्गस्थित कृष्णपुर नगरपालिका–५ गुलरियामा पश्चिमतर्फ आउँदै गरेको से १ च २२०० नम्बरको जिप १५ क्वीन्टल अवैध चिनी बोकेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सिद्धराज न्यौपानेले एक लाख २० हजार रुपैयाँ बराबरको चिनी र पाँच लाख मूल्य पर्ने जिपसहित चालकलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।
चिनी, जिप र चालकलाई आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 12:48
2022/10/26, 12:52
2024/04/01, 2:46
2021/04/29, 12:35