कुलमानले भनेः प्राधिकरणमा दोस्रो इनिङ जीवनकै ठूलो चुनौती
2021/08/11, 3:21
 
ss

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन्।

बुधबार प्राधिकरणमा पदभार ग्रहण गरेका नवनियुक्त कार्यकारी निर्देशक घिसिङले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु। यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ।’

व्यक्तिगत रुपमा दोहोरिनै पर्छ भन्ने मत नभएपनि विद्युत प्राधिकरणको आवश्यकता, सरकारको निर्णयका साथै जनअपेक्षाका कारण यो चुनौती स्वीकार गरेको उनले बताए।