मुख्यमन्त्री कार्यालयको झण्डै ७२ लाख बेरुजु
2021/08/11, 6:18
 
dd

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो।

असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि कुल एक अर्ब २१ करोड ६२ लाख बजेट प्राप्त गरेको मन्त्रिपरिषद् कार्यालयले १३ करोड ९२ लाख खर्च गर्न नसकेर फ्रिज भएको छ।

मुख्यमन्त्रिपरिषद् कार्यालयको भौतिक प्रगति ७० तथा पुँजीगत प्रगति ८५ प्रतिशत भएको बुधवार सार्वजनिक गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगति प्रतिवेदनले देखाएको छ। सो कार्यालयको समग्र प्रगति ७४ प्रतिशत भएको देखाइएको छ।