एसएसबीले तुईन काट्दा दार्चुलाका जयसिंह धामी वेपत्ता रहेको घटनाको सरकारी टोलीले अध्ययन अनुसन्धान गरिहेकै वेला एक संस्थाले भने तुईन काट्दा घटना घटेको निष्कर्ष सहित प्रतिवेदन सार्वजनिक गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले तुइन फुकालिदिएपछि दार्चुलाका ३३ वर्षीय धामी महाकालीमा खसेको जनअधिकार अभियान नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साउन १५ गते व्याँस गाउँपालिका–२ का धामी महाकालीमा बेपत्ता भएको घटनास्थलमा पुगेर गरेको अध्ययन तथा प्राप्त तथ्यहरूको आधारमा अभियानले प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । बुधबार अभियानले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दार्चुला प्रकरण भारतीय सुरक्षाफौजको दादागिरी भएको उल्लेख गर्दै महाकाली घटना गम्भीर, अक्ष्यम्य र मानवता विरोधी अपराध भएको ठहर गरेको छ । एकराज भण्डारी अध्यक्ष रहेको अभियानले जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाएर परिवारलाई जिम्मा लगाउन तथा कुुटनीतिक पहल गरी दोषीलाई कानुनको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
साउन २० देखि २४ गतेसम्म स्थलगत भ्रमण गरेको अभियानले नेपाल सरकारको तर्फबाट आधिकारिक र औपचारिक प्रतिवेदन तत्काल तयार पार्न आग्रह गरेको छ । सरकारले गठन गरेको टोलीले पनि घटनाको अध्ययन अनुसन्धान गरेको छ । त्यसको प्रंतिवेदन भने आउन बाँकी रहेको छ । टोली दार्चुला सहित बैतडी धनगढी हुदैं बुधबार काठमाण्डौ फर्किएको छ । टोलीलाई मंगलबार मात्रै सरकारले सात दिनको म्याद थपेको छ । सरकारी टोलीले केही दिनमा सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ ।
यस्तो छ प्रतिवेदन: