धनगढीमा ८ करोडको लगानीमा एसएनएस मार्ट तथा एसएनएस क्याफे सञ्चालनमा
2021/08/13, 10:55
 
dd

धनगढीमा ८ करोडको लगानीमा एसएनएस मार्ट तथा एसएनएस क्याफे आजदेखि सञ्चालनमा आएको छ । धनगढीको अस्पताल लाईनमा ५५ वर्षदेखि सञ्चालित चौधरी बुक डिपोको कम्प्लेक्समा एसएनए मार्ट तथा एसएनएस क्याफे आजदेखि सञ्चालनमा आएको हो ।

3

सुदूरपश्चिमकै पहिलो पुस्तक पसलका रुपमा चिनिने चौधरी बुक डिपोका सञ्चालक सन्जय चौधरीले पुस्तकसँगै मार्ट र रेष्टुरेण्ट व्यवसायमा समेत हात हालेका हुन् । परम्परागत रुपमा चौधरी बुक डिपोले दिदैं आएका सेवाहरुलाई थप विस्तार गर्दै मार्ट क्याफे र बेकरी सेवा थपिएको छ । विगतको पहिचान सहित अन्तराष्ट्रियस्तरका ब्राण्ड तथा आफ्नै उत्पादनका बेकरीहरुको सेवाहरु सुरु गरिएको सञ्चालक चौधरीले बताए ।  

2

एसएनएस मार्टमा अन्य मार्ट तथा डिपार्टमेन्टल स्टोरहरुमा नपाईने सामान र  ब्राण्डहरु पनि पाईने चौधरीको दाबी छ । उनको अनुसार खेलकुद सामाग्रीहरुका साथै केल्मी, युनेस्को कावालस्की लगायतका ब्राण्डका उत्पादनहरु अब धनगढीमै पाईनेछ । स्वीडेनका कस्मेटिक उत्पादनहरु पनि एसएनएस मार्टमै उपलब्ध हुनेछ । मार्टसँगै अत्याधुनिक क्याफे र बेकरी सेवा पनि थपिएको छ । क्याफे तथा रेष्टुरेन्टमा पाँच तारे होटेलको स्वाद दिन थालिएको छ ।

1

‘धनगढीका बासिन्दालाई काठमाडौँका तारे होटलको स्वाद दिने हाम्रो कोसिस हो । हामीसँग अनुभवी र नेपालका तारे होटलहरुमा काम गरिसकेका ‘सेफ’ हरु छन् । जसले स्वादिष्ट परिकारहरु पस्किनेछन् ।’ एसएनएस मार्ट तथा एसएनएस क्याफेका प्रबन्ध निर्देशक सञ्जय चौधरीले भने–‘एक साथ ७५ जना अट्ने क्षमताको रेष्टुरेण्ट भित्र बेकरीका साथै भेज तथा ननभेजका परिकारहरुको स्वाद लिने व्यवस्था मिलाएका छौ ।’

3

क्याफेसँगै आफ्नै उत्पादनका बेकरीका परिकारहरुलाई पनि जोड दिईएको छ । ताजा तथा गुणस्तरीय बेकरीका परिकारहरु आफै उत्पादन गरेर विक्री गरिने सञ्चालक चौधरीले बताए । उनले ग्राहकहरुले एकै छाना मुनि सबै किसीमको सेवा लिन सकिने बताए । मार्ट सुरु भएको अवसरमा ग्राहकहरुलाई कतिपय सामानमा ५० प्रतिशत छुट र कतिपय सामान एउटा खरीद गर्दा अर्को सित्तैमा पाउने सुविधा रहेको छ । 

1

1

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.