धामी दम्पतीद्धारा छोरीको जन्मदिनमा हरेक बर्ष १० हजार सहयोग गर्ने घोषणा
2021/08/18, 12:08

नेशनल प्याथ ल्याब र कैलाली अस्पतालका सञ्चालक हरि धामीले छोरी आधबिका धामीको जन्मदिनमा कञ्चनपुरको 'आई केयर यू' संस्थालाई हरेक बर्ष १० हजार सहयोग गर्ने घोषणा गरेका छन ।
सडकमा बेवारिसे अवस्थामा रहेका जनावरहरुको लागि काम गर्ने कञ्चनपुरको 'आई केयर यू' लाई संस्थालाई छोरीको जन्मदिनको अवसरमा हरेक बर्ष १० हजार सहयोग गर्ने उनले घोषणा गरेका हुन । नेशनल प्याथ ल्याब र कैलाली अस्पतालका सञ्चालक हरि सिं धामीले छोरी आधबिका धामीको जन्मदिनमा आफु र श्रीमती अरुणा भट्टले १० हजार सहयोग गर्ने घोषणा गरेको जानकारी दिए ।
छोरी आधबिका १५ बर्ष नपुग्दासम्म हरेक बर्षको असार १४ गते पर्ने जन्मदिनको अवसरमा आई केयर यूलाई १० हजार सहयोग गर्ने उनले बताए । सहयोग रकम घोषणा गरेका धामी दम्पतीलाई 'आई केयर यू' संस्थाले धन्यवाद ज्ञापन गरेको छ । छोरी आधबिकाको उज्जवल भविष्यको कामना गरेको छ । नेशनल प्याथ ल्याब र कैलाली अस्पतालका सञ्चालक धामी स्थापना कालदेखि नै 'आई केयर यू' संस्थालाई सहयोग गर्दै आएका छन ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37