सनराईन वैंकद्धारा चुरे गाउँपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण
2020/06/13, 7:13
 
korona

कैलालीको चुरे गाउँपािलकामा रहेको सनराईज बैंक लिमिटेड चुरे शाखाले खाद्यान्न सामाग्री सहयोग गरेको छ ।  सामाजिक उत्तरदायित्व अन्तर्गत चुरे गाउँपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । बैंकले राहत स्वरुप चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरेको हो ।

सनराईज बैंकका शाखा प्रवन्धक गणेश साउदले राहत सामाग्री गाउँपालिका अध्यक्ष  धनबहादुर रोका मगरलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष रोका मगरले विपतको बेलामा बैंकले गाउँपालिकालाई सहयोग गरेकोमा धन्यवाद दिए ।

सनराईज बैंकले गाउपालिकालाई ८ क्विन्टल चामल, ५० किलो दाल, ५ पेटी तेल, एक क्विन्टल नुन विपन्न वर्ग र क्वारेन्टिान व्यवस्थापनलाई सहयोग गरेको बैंकका शाखा प्रवन्धक साउँदले बताए ।

लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आयस्तर भएकाहरुलाई समेत जिविकोपार्जनको लागि निकै गाहे भएकोले उनीहरुलाई राहत प्रदान गर्नको लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । बैंकले वितरण गरेको खाद्यान्न सामाग्रीले पिडित तथा विपन्न वर्गलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ ।