
गोकुलेश्वरबाट महेन्द्रनगर तर्फ गईरहेको स्कारपियो दुर्घटना भएको छ । दुर्घटना हुदाँ २ जना सामान्य घाईते भएका छन् । आज बिहान करिब साढे सात बजे तिर गोकुलेश्वरबाट महेन्द्रनगर तर्फ गईरहेको बा १२ च ४२४० नम्बरको स्कारपियो बैतडीको दोगादाकेदार गाउँपालिका ३ को खोचलेक बजार नजिकै दुर्घटना हुदाँ २ जना सामान्य घाईत भएको प्रहरीले जनाएको छ ।

बेदकोट नगरपालिका ४ कंचनपुर घर भएका ३४ बर्षिय हरिश बोहरा र दोगाडाकेदार गाउँपालिका २ घर भएका ३० बर्षिय दान सिह भाट सामान्य घाईते भएको प्रहरीले जनाएको छ । स्कारपियो सडकबाट चिप्लीएर दुर्घटना भएको प्रहरी जनाएको छ । घाईते दुवै जनाको स्थानिय मेडीकलमा उपचार भैरहेको छ । स्कारपियो सडकबाट करीव सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15