भाषा आयोगले भन्यो- 'तथ्याङ्क नभएकाले रानाथारु भाषा सिफारिस गर्न सकेनौं'
2021/09/15, 2:13
भाषा आयोगले सुदूरपश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ ।
आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले बुधबार विज्ञप्ति जारी गर्दै राना थारु भाषाका वक्ताहरुको छुट्टै आधिकारिक तथ्याङ्क प्राप्त नभएकाले प्रदेशको कामकाजको भाषाको रुपमा सिफारिस गर्न नसकेको बताएका छन् ।२०६८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कमा थारु भाषा मात्र उल्लेख भएको तर राना थारु भाषा उल्लेख नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै आयोगले यसै वर्ष हुने जनगणनामा सुदूरपश्चिम प्रदेशको बहुसंख्यक जनताले बोल्ने भाषाको रुपमा तथ्याङ्क पुष्टि भए रानाथारु भाषालाई प्रदेश कामकाजको भाषाको रुपमा सिफारिस गर्ने बताएको छ ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2023/11/30, 11:34
2020/06/06, 9:54
2020/10/08, 1:28
2021/02/26, 8:59