
कञ्चनपुरको महाकाली अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। शनिबार बेदकोट नगरपालिका–९ की २४ वर्षीय भागरथी साउँद धामीको मृत्यु भएको हो। बच्चा जन्माइसकेपछि साल नझरेको र धेरै रगत बगेपछि उनको मृत्य भएको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठले बताए।

उनका अनुसार अक्सिजनको मात्रा कम भएपछि शनिबार बिहान १ बजे सुत्केरीको मृत्यु भएको हो। बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको डा. श्रेष्ठले बताए। मृतकका आफन्तले महाकाली अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन्। बच्चाको हेरचाह र घटनाको छानविन गर्न धामीका श्रीमान महेन्द्र धामीले आग्रह गरेका छन्।
अहिले पीडित पक्ष र महाकाली अस्पताल प्रशासनबीच छलफल भइरहेको छ। महाकाली अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07