धनगढी विमानस्थलमा खराव मौसममा पनि उडान भर्न उपकरण जडान, स्तर वृद्धिको कार्य अझै ठप्प
2020/05/11, 7:05
 
airport

लकडाउनपछि रोकिएको धनगढी विमानस्थल स्तर वृद्धिको काम अझै सुचारु हुन सकेको छैन् । गत चैत्र ११ गतेदेखि जारी लकडाउनपछि ठप्प रहेको धनगढी विमानस्थलको स्तर वृद्धिको कार्य सुरु गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमति दिएपनि सुचारु नभएको हो । अहिले विमानस्थलको पुर्वतर्फ नाली निर्माणको काम सुरु हुन सकेको छैन । लकडाउन अगाडी पनि उक्त क्षेत्रमा पानी जमेका कारण काम भएको थिएन् । लकडाउनको अवधिमा विमानस्थल पनि बन्द रहेका कारण अहिले काम गर्न सजिलो हुने गरेको भएपनि वेवास्ता गरिएको छ ।


अधिकांश कामदार सुदूरपश्चिम प्रदेश बाहिरका र भारतका पनि भएकाले उनीहरु लकडाउनका कारण घर फर्किएकाले काम सुरु गर्न नसकिएको निर्माण कम्पनी लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभीका इन्जिनीयर सचिन थापाले बताए । ‘अहिले प्रशासनबाट अनुमति पनि पाईसकेका छाँ।ैं अबको केही दिनमा काम सुरु हुन्छ ।’, उनले भने। धावनमार्ग र पार्किङ क्षेत्र स्तर वृद्धिकै लागि पटक–पटक धनगढी विमानस्थल बन्द समेत गरिएको थियो  । यस्तै कम भिजिविलीटी अर्थात प्रतिकुल मौसममा पनि उडान भर्न सकिने गरी जापानी सहयोग नियोग जाईकाले विमानस्थलमा भीओआर–डिएमई उपकरण जडानको काम सम्पन्न गरेको छ ।


प्रतिकुल मौसम भएका दिन उडान प्रभावित हुने समस्यालाई समाधान गर्ने उपकरण भीओआर–डिएमई जडान गरिएको भएपनि परिक्षण गर्न बाकी रहेको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढ्थापाले बताए । ‘जाईकाले २०७५ सालकै माघदेखि भीओआर–डिएमई उपकरण जडानको काम सुरु गरेकोमा २०७६ फागुनमा सकेको हो ।’, उनले भने, ‘१६ सय भिजिविलीटीमा पनि जहाज अवतरण गर्न सकिने भएपनि लकडाउनका कारण परीक्षण गर्न बाँकी रहेको छ ।’  २०७४ साल चैत ११ गते बुद्ध एयरको एटीआर जहाजले धनगढीबाट रात्रिकालीन उडान गरेको थियो । त्यसअघि धनगढी विमानस्थलमा पाँच हजार मिटर अथवा पाँच किलोमिटर भिजिविलिटीमा मात्रै जहाज उडान र अवतरण हुने गरेको थियो ।


भीओआर–डिएमई उपकरणको परीक्षण सफल भए प्रतिकुल मौसमसंगै १६ सय भिजिविलीटीमा उडान भर्ना सकिने छ ।