आज पनि मान्यजनबाट टीका तथा जमरा लगाइँदै
टीकाको दोस्रो दिन
2021/10/16, 10:39
 
dd

बडादसैँको अवसरमा आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिइँदैछ । हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज टीका थापेर आर्शिवाद लिने गर्दछन् । यो क्रम कोजाग्रत पूर्णिमासम्म चल्छ । देशका केही भागमा भने टीकाको दिनमात्र टीका लगाउने चलन पनि छ । हिजो घरपरिवारमा टीका लगाएर आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ । 

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दसैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

गत वर्षको दसैँ कोरोना महामारकिा कारण घरभित्रै सीमित भएको थियो । यसवर्ष कोरोना संक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । धेरै कोरोनाविरुद्धको खोप लगाइसकेको र पछिल्लो समय संक्रमणको अवस्थामा पनि कम रहेकोले चहलपहल बढेको हो ।