
सेती नदीमा आएको बाढीमा बैतडीका ६० जना फसेका छन्। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५ को ढुङ्गाडमा सेती नदीको छेउकै बस्तीमा बस्दै आएका १० परिवारका ६० जना फसेको हुन्।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष रामबहादुर धामीले बस्तीको चारतिर नदी बगिरहेको र बीचमा ६० जना फसेको जानकारी दिए। ‘म अहिले धनगढी छु,’ उनले दिनेशखबरलाई भने, ‘६० जना नदीको बीच भागमा फसेको जानकारी आएको छ। उद्धारका लागि प्रदेश सरकारसंग छलफल भइरहेको छ।’
उनका अनुसार ढुङ्गाडस्थित सेती नदीको किनारमा करीब एक सय २० परिवार बस्दै आएका छन्। उनीहरुमध्ये अधिकांश बाढीको जोखिम हुने भन्दै राति नै सुरक्षित स्थानमा सरेका छन्। उनीहरुलाई स्थानीय शारदा माध्यमिक विद्यालयमा राखिएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 10:46
2020/10/21, 8:59
2021/05/17, 4:50
2021/12/20, 8:38
2023/01/01, 1:09