बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा पहिरोमा पुरिएर बेपत्ता भएका २३ जना मध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आज विहानै वेपत्ताको खोजी गर्दै जाँदा दुई जनाको पहिरोमा पुरिएको अवस्थामा शव फेला परेको हो ।
उनिहरुको शनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहरोमा परि वेपत्ता भएकाहरुको उद्धारका लागि आज बिहानै नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको थियो । प्रहरीका अनुसार बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु सार्की, धनगिरी सार्की, सिता सार्की,, प्रवाश सार्की, भूमिका सार्की, चिरञ्जीवी सार्की, इस्सरा सार्की, संजीव सार्की, सविता सार्की, सरोज सार्की, शर्मिला सार्की, पम्मा सार्की, सुवाश सार्की,, विकास सार्की, मदन सार्की, सरस्वती आवासीय विद्यालय पिपलगडाका शिक्षक कलुदेवी सार्की, र एलिसा सार्की समेत गरी १८ जना रहेका छन् । गगने सार्कीका माईला छोरा काले सार्की भने जोगिएका छन् । गगने भने भारतमा छन् ।
त्यस्तै नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सिमा पार्की समेत गरी पाँच जना बेपत्ता भएका छन्। पहिरोले दुई घर बगेका छन् । सात घर पुरिएका छन् । बाढी र पहिरोका कारण विस्थापित तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका बासिन्दा त्रिभुवन माध्यामिक विद्यालय महेन्द्रधारमा आश्रय लिएर बसिरहेका छन् । बाढीको उच्च जोखिममा रहेका सयभन्दा बढि परिवार विद्यालय र डाडामा बसिरहेका छन् । खुला आकाश मुन्तिर बस्न बाध्य विस्थापितहरुलाई छाक टार्न समेत समस्या भएको छ ।