कैलाली प्रहरीको नेतृत्व अब एसएसपीले गर्ने !
2021/10/21, 9:33
 
V

प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को दरबन्दी थप्ने प्रस्ताव गरेको छ। देशभर १५ जना एसएसपी थप गर्ने प्रस्ताव गरिएको हो।

प्रहरी प्रधान कार्यालयको प्रस्तावमा सात वटै प्रदेशका राजधानी रहेका जिल्लामा एसएसपीले नेतृत्व गर्ने प्रस्ताव छ। यो निर्णय पारित भएपछि सुदूरपश्चिमको राजधानी कैलालीमा पनि एसएसपीको नेतृत्व हुनेछ। अहिले जिल्लामा एसपीले प्रहरीको कमान्ड सम्हाल्दै आएको छ।