इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक 
2021/10/21, 2:26
 
dd

अकाउन्टेविलिटी ल्याब नेपालले इन्टेग्रिटी आईकन २०२१ सार्वजनिक गरेको छ । ल्यावले भर्चुअल माध्यमबाट इन्टेग्रिटी आइकन २०२१ बुधबार सार्वजनिक  गरेको हो ।

सन २०२१ का लागि सार्वजनिक  गरिएका इन्टेग्रिटी आइकनमा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, भाषा आयोग काठमाण्डौँका उपसचिव डाक्टर लोकबहादुर लोप्चन, भक्तपुर अस्पताल भक्तपुरका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर सुमित्रा गौतम, मकवानपुरगढि गाउँपालिका मकवानपुरका कृषि अधिकृत चन्द्रकान्त चौधरी र भेरी अस्पताल नेपालगञ्ज बाँकेकी नर्सिङ्ग अधिकृत कोभिड फोकल पर्सन  शिला शर्मा रहेका छन् । 

2

सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितीमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समूदाय निर्माण गर्ने मूख्य उदेश्यले हरेक वर्ष  ल्यावले इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको छ । सन २०१४ मा नेपालबाट सुरु भएको यो अभियान विश्वका १४ देशमा पुगिसकेको  ल्यावका नेपाल प्रमुख नारायण अधिकारीले बताए । यस वर्षका इन्टेग्रिटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३ सय ३५ मनोनयनबाट छनौट गरिएको हो ।

निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहेका थिए ।

इन्टेग्रिटी आईकन घोषित व्यक्तित्वहरुलाई कार्तिक १२ गते भर्चूअल माध्यमबाटै सम्मान गर्ने कार्यक्रम रहेको ल्यावका कार्यक्रम व्यबस्थापक अस्मिता शर्माले जानकारी दिईन् । यि आईकन र उनीहरूले गरेका कामलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुत गर्ने शर्माले जानकारी दिईन् ।