प्रधानमन्त्री देउवा बझाङमा
2021/10/21, 2:51
 
kk

प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन्। बझाङ पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् ।

बिहिबार बिहान दीपायल पुगेका देउवाले  सुरक्षा प्रमुखहरूसँग सुदूरपश्चिममा बाढि, पहिरो र डुवानको अवस्थाको बारेमा जानकारी लिए लत्ततै बझाङ गएका थिए । आज बझाङ सदरमुकाम चैनपुर पुगेर त्यँहाका जनप्रतिनिधि र स्थानीयबासीन्दाहरुसँग  बाढी र पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका हुन्।

बझाङमा बाढीपहिरोबाट हुन गएको क्षतिको निरीक्षणपछि प्रधानमन्त्री देउवासहितको उक्त टोली आज नै बैतडी जाने छ।त्यहाँबाट प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका र पर्शुराम नगरपालिकामा पहिरोले पुर्‍याएको क्षतिको अवलोकन गर्ने छन् भने आजै उनले कञ्चनपुरमा समेत क्षतिको निरीक्षण गर्ने उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री देउवा भोलि कैलालीमा बाढी पहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गरेर काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।बैमौसमी वर्षाका कारण आएको बाढी र पहिरोमा परी बझाङमा हालसम्म ८ जनाको मृत्यु भएको छ ।